श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते

२०८२ फाल्गुन १, शुक्रबार

कोलम्बो : श्रीलंकाको पूर्वी प्रान्तको वालाइचेनाई सहरमा शुक्रबार जंगली हात्ती प्रवेश गरी मानिस र सम्पत्तिमा आक्रमण गरेपछि ६८ वर्षीया महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार जंगली हात्ती वालाइचेनाईका केही गाउँहरूमा प्रवेश गरी बासिन्दाहरूलाई भागाभाग पारेको थियो ।

एउटा हात्तीले आक्रमण गरेपछि खाना बेच्ने महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । हाल वन्यजन्तु र कानून प्रवर्तन अधिकारीहरूले हात्तीलाई जंगलमा फिर्ता गरी सकेको प्रहरीले बताएको छ ।

पछिल्लो समयमा श्रीलंकामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार