हामी पद र प्रतिष्ठाका लागि आफ्नो इमान बेच्दैनौँ : राजेन्द्र लिङ्देन

२०८२ फाल्गुन २, शनिबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफ्नो पार्टीले नैतिकताको राजनीति गर्ने उद्घोष गरेका छन्।

शनिबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ भन्ने संकल्पका साथ जनतामाझ जाने बताएका हुन्।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरिएको संकल्पपत्रमा राप्रपाले भ्रष्टाचारलाई राष्ट्रघाती अपराधको रूपमा व्याख्या गर्दै यसको जरो काट्न संरचनात्मक परिवर्तनको खाका अघि सारेको छ।

घोषणापत्र सार्वजनिक गर्ने क्रममा अध्यक्ष लिङ्देनले राप्रपाका कुनै पनि निर्वाचित प्रतिनिधि र पदाधिकारी भ्रष्टाचारमा संलग्न नहुने प्रतिबद्धता जनाए। ‘हामी पद र प्रतिष्ठाका लागि आफ्नो इमान र मुलुकको भविष्य बेच्दैनौँ,’ उनले भने, ‘राजनीतिक रूपमा समाप्त हुन तयार छौं, तर भ्रष्टाचार गरेर जनतालाई धोका दिने छैनौँ।’

राप्रपाले २०४६ सालपछि लाभको पदमा बसेका सबै उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारेको छ। यसका लागि एक शक्तिशाली उच्चस्तरीय नागरिक आयोग गठन गरिने र अवैध देखिएका सबै सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिने घोषणापत्रमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार