काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।
लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।





