ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८२ फाल्गुन ६, बुधबार

सुनसरी : सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मंगलबार साँझ करिब ५ः५० बजे इटहरीको मुख्य चोकबाट धरान तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ । ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार