टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु पछि बनेपामा तनाव

२०८२ फाल्गुन ६, बुधबार

काठमाडौँ : टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपाको अवस्था तनावग्रस्त बनेको छ ।

बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ । मृतकको पहिचान खुलिसकेको छैन । मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार