काठमाडौं : बुधबार छापावाल सुनको मूल्य १ हजार ५ सय रुपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ८५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ४ हजार ८ सय ८० रूपैयाँ कायम भएको छ ।










