धनगढीको उद्घोष सभाअघि रवि र बालेनबीच भेट

२०८२ फाल्गुन ६, बुधबार

धनगढी : धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता भएको छ।

चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन्।

रास्वपाले ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर चुनावी सभा गरेको हो।

उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

यसका साथै, सभामा सुदूरपश्चिमका १६ वटै क्षेत्रका उम्मेदवार पनि सहभागी हुँदैछ। केही उम्मेदवारले सम्बोधन गरिसकेका छन् भने केही सम्बोधन गर्ने क्रममा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार