नयाँ भनिनेहरूसँग कुनै नीति र कार्यक्रम छैन : खनाल

२०८२ फाल्गुन ७, बिहीबार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरु सच्याउँदै नयाँ सङ्कल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ ।

नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार