लुम्बिनी विकास बैंकका विभिन्न शाखामा कर्मचारी माग

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि आवेदन आह्वान गरेको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत तहमा केही शाखाहरूका लागि कर्मचारी माग गरेको हो।

बैंकले इनरुवा, रुपनी, कोहलपुर र हरैंचा शाखामा एक–एक जना र अन्य प्रदेशका शाखाहरूमा पनि आवश्यकता अनुसार पदपूर्ति गरिने जनाएको छ। यसका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नातकोत्तर उत्तीर्णलाई प्राथमिकता दिइनेछ।

त्यस्तै शाखा सञ्चालन र ऋणसम्बन्धी कार्यमा कम्तीमा छ वर्षको बैंकिङ अनुभव भएको साथै बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई वर्ष शाखा प्रबन्धकको जिम्मेवारी सम्हालेको अनुभव हुनु पर्नेछ। साथै आवेदन दिने अन्तिम दिनसम्म ४० वर्ष ननाघेको र सवारी चालक अनुमतिपत्र भएको हुनु पर्नेछ भने सम्बन्धित कार्यअनुभव र शैक्षिक योग्यताका आधारमा पदस्तर निर्धारण गरिने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार