स्पेनिस ला लिगा : रियल मड्रिड ओसासुनासँग पराजित

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौं : स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ ।

ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन ।

खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा भिनिसियसले गोल गर्दै खेल बराबरीमा ल्याए । ९०औं मिनेटमा राउलले गोल गरेपछि ओसासुनाले रियलविरुद्ध ३ अंक हासिल गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार