काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ५० रूपैयाँ कायम भएकोमा आज ३ सय ७५ रूपैयाँले बढेर ५ हजार ४ सय २५ रूपैयाँ कायम भएको छ ।





