सशस्त्रका २३ एसएसपी निर्वाचन अनुगमनमा खटिने

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले निर्वाचन अनुगमनका लागि २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई फागुन ११ गते सोमबारदेखि देशभर खटाउने भएको छ ।

उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई भर्चुअल माध्यमबाट फागुन १० गते आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यायले  विशेष निर्देशन दिएका छन्।

निर्वाचनको समयअगावै, निर्वाचको समय र निर्वाचनपश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन उनले निर्देशन  दिएका छन् । महानिरीक्षक अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र ब्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार