रोल्पालीको शिर कहिल्यै झुक्न दिने छैन : वर्षमान पुन

२०८२ फाल्गुन १३, बुधबार

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आगामी दिनमा रोल्पालीले शिर झुकाउनुपर्ने काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिसभा निर्वाचनका लागि सामाजिक सञ्जाल मार्फत भिडियो अपिल जारी गरेर मत माग्दै उनले आफूले विगतमा जनप्रतिनिधि भएर रोल्पालीको शिर उचो पार्ने काम गरेको दाबी गर्दै आगामी दिनमा पनि रोल्पाली जनताको शिर झुक्ने तथा मतको दुरुपयोग गर्ने कुनै काम नगर्ने बताएका हुन् ।

पुनले जनप्रतिनिधिका रुपमा आफूले जिल्लाको पूर्वाधार विकासमा गरेको कामबारे विस्तारमा चर्चा गर्दै जिल्लाका ७२ वटै वडामा सडक सञ्जाल विस्तार, मदन भण्डारी लोकमार्ग र शहीद मार्ग निर्माणमा आफूले खेलेको भूमिकाबारे सबै जानकार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार