काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट नदिन आग्रह गरेका छन्। बुधबार सिराहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सही मान्छेलाई भोट दिन आग्रह गरे। चुनावको बेला पैसामा भोट किन्ने प्रयास हुने बताउँदै पैसा खाइदिन सुझाए।
‘पैसामा आफ्नो भविष्य नबेच्नु होला। कसैले दिएछ भने लिए हुन्छ, किनकि हाम्रो चोरेको पैसा हो,’ लामिछानेले भने, ‘आफ्नै पैसा चोरेर हामीलाई बाँड्छ भने लिँदा पाप लाग्दैन तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ।’
उनले धर्म, जातका नाममा विभाजन गर्न खोज्ने मान्छेलाई पनि भोट नदिने आग्रह गरे। ‘वर्षौदेखि विभिन्न जातजाति, विभिन्न धर्मालम्बी मिलेर बसेका छौँ। धर्मका नाममा, जातका नाममा अलग गर्न खोज्नेलाई भोट नदिनुहोला,’ उनले भने।





