श्रम गरे मात्रै देश बन्छ : हर्क साम्पाङ

२०८२ फाल्गुन १३, बुधबार

सिरहा : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम र उत्पादनमुखी संस्कृतिबाट मात्रै देश बन्ने बताएका छन् । सिरहाको गोलबजारमा आयोजित नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले स्टन्ट र देखावटी नभई, इमान्दार श्रमले राष्ट्र निर्माण सम्भव हुन्छ भन्ने धारणा राखेका छ्न ।

श्रम सांस्कृतिक पार्टीका सभापति समेत रहेका साम्पाङले युवाहरूलाई उत्पादन, उद्यम र सामाजिक सेवामा जोडिन आग्रह गरे। उनले राजनीतिमा लोकप्रियता भन्दा पनि परिणाममुखी काम आवश्यक रहेको बताउँदै श्रमलाई सम्मान गर्ने संस्कार बसाल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई उनले गाउँ-गाउँमा श्रम अभियान सञ्चालन गर्न निर्देशन दिँदै विकासको आधार आत्मनिर्भरता र श्रम नै भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार