धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

२०८२ फाल्गुन १४, बिहीबार

काठमाडौं : सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश दिएको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो ।

उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार