मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिम्मेवारी थपिए पनि सहयोगीहरूबाट सहयोग मिल्नाले कार्य सम्पादन गर्न सकिनेछ। अरुको व्यवहारले शंका उब्जाए पनि परिवारबाट राम्रो सहयोग पाइनेछ। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजमा मानसम्मान वृद्धी हुनेछ। कुनै शुभ समाचारले मन प्रफुल्लित हुनेछ। पुराना अपूर्ण कार्यहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वर्तमान कार्यबाट प्रशस्त लाभ मिल्नेछ। बुद्धिको उपयोगले चुनौतीपूर्ण समस्या को समाधान गर्न सकिनेछ। महत्वकांक्षी योजना पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कानुनी पक्ष मजबुत रहनेछ। सांस्कृतिक संघ समारोहमा सहभागी भइएला। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समयको सदुपयोग गर्नुहोस्। दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीसँग भ्रमणका योग छन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त भएतापनि उपलब्धिको लागि केही समय प्रतिक्षा गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतले भविष्यको बाटो निर्माण गर्न सकिनेछ। व्यावहारिक पक्ष मजबुत रहनेछ। प्रेम सम्बन्धमा एक अर्काप्रति विश्वास बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक सद्भावमा कमी आउनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरले पछ्याउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अरूको भरपर्दा दुःख पाइनेछ। आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सही योजनाको अभावमा महत्त्वपूर्ण कार्यहरू अट्केला सावधान रहनुहोस्। समस्या दर्शाउँदा सहयोगीहरूबाट सहयोग पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सजग रहनुहोस् नत्र हातमा आएको अवसर गुमाउनु पर्ला। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। नोकरी वा पेशामा सहयोगीहरूबाट भनेजस्तो सहयोग नपाइएला। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। लागतको मूल्यांकन नगरी कार्य आरम्भ नगर्नुहोस् समस्या निम्त्याउन सक्छ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बाध्यतामा अलमलिदा काम समयमा पूरा नहुनाले मन खिन्न हुनेछ। व्यवसायमा न्यूनतम उपलब्धिमा चित्त बुझाउनुपर्ला। कार्यक्षेत्रमा शत्रुहरू सक्रिय रहनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।










