लुयान नेपालले ल्यायो होली अफर, १५ हजारसम्म छुट

२०८२ फाल्गुन १५, शुक्रबार

काठमाडाैं : लुयान नेपालले होली पर्वको उपलक्ष्यमा नगद छुटको अफर सँचालन गरेको छ ।

लुयान नेपालले बिक्रि गर्ने सारथी ब्राण्डको विँगर र इकुटर स्कुटरको नगद खरिदमा १५ हजारसम्मको छुटको व्यवस्था गरेको छ भने लुयान ब्राण्डको एमएनके३ प्रो स्कुटरको खरिदमा रु १० हजारसम्मको छुटको व्यवस्था गरेको छ । नगद छुटसँगै एउटा प्रिमियम हेलमेट र रेनकोट पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका लागि कम्पनीको मुख्य शोरुम नागपोखरी, नक्साल तथा अन्य शोरुमबाट स्कुटर खरिद गर्न सकिनेछ ।

कम्पनीले नेपाली बजारमा विगत ७ बर्षदेखि विभिन्न इलेक्ट्रिक स्कुटरहरुको बिक्रि र बिक्रीपछिको सेवा दिँदै आइरहेको छ । नेपाली बजारमा गुणस्तरीय स्कुटर सुपथ मूल्यमा दिने कम्पनीको रुपमा लुयान नेपाल परिचित छ । नेपालका डेडिकेटेड इलेक्ट्रिक स्कुटर कम्पनीहरुमा सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग सेन्टर पनि लुयान नेपाल कै छ ।

१ लाख ४० हजार देखि लिएर २ लाख ६१ हजारसम्मका इलेक्टिक स्कुटर बिक्रि गर्दै आइरहेको यो कम्पनीले आउँदो नयाँ बर्षमा लामो रेन्ज दिने इलेक्टिक स्कुटर लञ्च गर्ने योजना बनाएको जनाएको छ । करिब ३ सय किलोमिटर रेन्ज दिने उक्त स्कुटरको लागि अहिले परीक्षण चलिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार