नयाँलाई हेरौँ भनेर ६४ को गल्ती नदोहोर्‍याउनुस : उपसभापति शर्मा

२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँलाई हेरौँ भनेर ६४ को गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन्।

पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ६४ मा निर्वाचित भएको झन्डैको दुई तिहाइ पाएको तत्कालीन माओवादीले देशलाई बाटो नदिएको बताए।

उनले भने, ‘निर्वाचनको मैदान दुस्मनीको अखडा होइन, निर्वाचनको मैदान व्यक्तित्व र विचार प्रतिस्पर्धाको महायज्ञ हो। आज हामीले त्यसैले बहस गर्नुपर्ने मुद्दामा हो, बहस गर्नुपर्ने देशलाई कसले निकास दिन सक्छ भन्ने कुरामा हो। यदि भदौ २३ र २४ गते भएको विद्रोह पछाडि उब्जिएको असन्तुष्टि, निराशा र प्रश्नहरूलाई अब बन्ने सरकार मार्फतबाट १० वर्षमा सबै हल गरेर सँगसँगै देशलाई सबैलाई ऊर्जा, आशा र अपेक्षा र विश्वासमा बाँध्न सकेनौँ।’

उनले आवेग, आक्रोश र गालीलाई छाडेर भिजन र लिडरसिपबारे खुला बहस गर्न प्रस्ताव राखे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार