राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ : महामन्त्री पौडेल

२०८२ फाल्गुन १६, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताएका छन् ।

कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने सङ्कल्पसहित पार्टी अगाडि बढिसकेको बताए । महामन्त्री पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए ।

“पार्टीभित्र रुपान्तरणको सुरुआत भएको छ । यसले देशभर उत्साह थपिएको छ । यो उत्साहलाई देश रूपान्तरण गर्ने प्रक्रियामा जोड्छौँ । देशमा रहेका समस्या समाधानका लागि नयाँ ढङ्गले अगाडि बढ्छौँ”, उनले भने ।

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई रूपान्तरणको सन्देश र देश विकासको दृष्टिकोण लिएर मतदातामाझ पुग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार