काठमाडौं : एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीले जित्दा व्यक्ति नभएर सिंगै देशले जित्ने बताएका छन् ।
कमल गाउँपालिकाको केउरियामा आयोजित चुनावी कोणसभा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । ओली आजको दिनमा देशलाई नै एकीकृत गर्न सक्ने क्षमताको राष्ट्रवादी नेता भन्दै झापा ५ स्थित उनको निर्वाचन क्षेत्रमा भट्टराईले त्यस्तो बताएका हुन ।
उनले नेपाल देशले हार्न नहुने भन्दै ओलीलाई जिताउन अपिल पनि गरे ।









