कजारियाद्वारा विराटचोकमा नयाँ शोरूम उद्घाटन

२०८२ फाल्गुन १७, आईतवार

विराटचोक : नेपालमा प्रिमियम र विश्वसनीय टाइल ब्रान्डमध्ये एक कजारियाले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै आफ्नो उपस्थिति पूर्वी नेपालमा थप विस्तार गरेको छ ।

महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरूमले विराटचोक तथा वरिपरिका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल लगायत सुन्दर हरैचा नगरपालिकाका प्रमुख  केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई, सम्माननीय धार्मिक गुरु दीन बहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सरीशा श्रेष्ठको उपस्थिति रहेको थियो । कजारियाका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गर्नु समारोहको प्रमुख आकर्षण रह्यो।

कार्यक्रममा बोल्दै हिमांशु अग्रवालले भने, ‘विराटचोकमा नयाँ शोरूम उद्घाटन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। यो शोरूमले केवल टायल बिक्री गर्ने ठाउँ नभई ग्राहकहरूका लागि आधुनिक, आकर्षक र नवप्रवर्तनशील टायल विकल्पहरू अवलोकन गर्ने गन्तव्यको रूपमा काम गर्नेछ। यहाँ गृहस्वामी, ठेकेदार र वास्तुकारहरूले आफ्ना परियोजनाका लागि उपयुक्त डिजाइनहरू सहजै छनोट गर्न सक्नेछन् र आफ्नो सिर्जनात्मक विचारहरू जीवन्त बनाउन सक्नेछन्।’

केदार प्रसाद गुरागाईंले भने, ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डको उपस्थिति हाम्रो नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउनेछ। यसले स्थानीय निर्माण मापदण्डलाई उच्च बनाउने र गुणस्तरीय उत्पादनहरू सजिलै उपलब्ध गराउने अवसर प्रदान गर्नेछ ।’

त्यसैगरी, दिल प्रसाद राईले भने, ‘विराटचोक र वरिपरिका क्षेत्रहरूमा तीव्र रूपमा विकास भइरहेको छ। कजारियाजस्ता अन्तर्राष्ट्रिय स्तरका विश्वसनीय ब्रान्डको उपस्थितिले निर्माण व्यवसायी, गृहस्वामी र विकासकर्ताहरूलाई आधुनिक निर्माण आवश्यकताहरू पूरा गर्न मद्दत गर्नेछ।’

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ । कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०*१२० से.मी., ६०*६० से.मी., १९.५*१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०*४०से.मी.) तथा सेरामिक वाल टायल (३०*६० से.मी., ३०*४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार