इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं :  इरानी क्षेप्यास्त्र हमलाबाट यूएईमा एक जना नेपालीको ज्यान गएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयलाई उधृत गर्दै अल जजिराले जनाएअनुसार यूएईमा हालसम्म तीन जनाको मृत्यु भएको छ। जसमा एक जना नेपालको, एक जना पाकिस्तानको र एक जना बंगलादेशी छन्। मन्त्रालयले  ५८ जना घाइते भएको बताएको छ।

यूएईको रक्षा मन्त्रालयले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएकोमा १५२ वटा ध्वस्त पारेको बताएको छ। त्यस्तै ५४१ ड्रोन इरानले प्रहार गरेकोमा ५०६ वटालाई ध्वस्त पारिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार