अग्नि सिमेन्टले आईपीओ निष्कासन गर्ने

२०८२ फाल्गुन २०, बुधबार

काठमाडौं : अग्नि सिमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते काठमाडौंमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभाबाट कम्पनीको आईपीओ सर्वसाधारणलाई जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार