काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही-२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन् ।





