प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.७० प्रतिशत बोनस सेयर र ०.४६७९ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँ रहेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार