काठमाडौं : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ४ बाट नेकपा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले आफ्नो हार स्वीकार गरेका छन् ।
भट्टराईले मतदाताको निर्णयलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको बताएका छन् । उनले विजयोन्मुख उम्मेदवार तथा सम्बन्धित दललाई बधाई दिँदै निर्वाचनका क्रममा सहयोग, साथ र समर्थन गर्ने पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन् ।
भट्टराईले राजनीतिमा पराजय अन्तिम सत्य नभई आत्मसमीक्षा र नयाँ पाठ सिक्ने अवसर भएको उल्लेख गर्दै जनतासँगको सम्बन्ध अझ सुदृढ बनाउँदै अघि बढ्ने बताएका छन् ।





