मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयमा वृद्धि हुनेछ। आफन्तहरूसँग मनमुटाव हुन सक्ला। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कानुन विपरीत कुनै पनि कार्य नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सबैको सल्लाहले निर्णय लिनुहोला। सकारात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। शुभचिन्तकबाट सोचेजस्तो सहयोग र साथ नमिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्ममा रुचि बढ्नुका साथै आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। फजुल खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा पदोन्नतिका योग छन्। आयस्रोत बढ्नेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्लान सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेमा शुभचिन्तकहरूको साथ मिल्नेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि पाउन संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अवसरवादीहरूले अवसरको फाइदा उठाउन चेष्टा गर्लान्। आज गरेको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। स्वास्थ्य प्रतिकूल रहनाले खानपानमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा लगनशीलताले कार्य गर्नुहोस् सफलता मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ। लामो समयदेखि चलिरहेको सम्पत्ति सम्बन्धित विवाद सुल्झिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यापार व्यवसायमा नयाँ कामको सुरुवात हुनेछ। राज्य पक्षबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। सकारात्मक रहनुहोस् मुद्दा मामिलामा सफलता पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। शेयर बजारबाट लाभ मिल्ला । आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा गोप्य सूचनाहरू सार्वजनिक नगर्नुहोला। सन्तानको मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेम र मित्रताको बन्धन कसिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान्य कार्यमा पनि धेरै धन वा श्रम खर्च गर्नुपर्ला। प्रतिकूल परिस्थिति भएता पनि लक्ष्यको प्राप्ति हुनेछ। भाग्यको साथ मिल्नेछ। धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।









