सुर्खेत-१ बाट नेपाली कांग्रेसका खड्का निर्वाचित

२०८२ फाल्गुन २३, शनिबार

काठमाडौं : सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का निर्वाचित भएका छन्।

उनले नेकपा एमालेका ध्रुबकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित गरेका हुन्। खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत, नेकपाका जितबहादुर रानाले २ हजार ८२८ मत र राप्रपाका रविहमाल ठकुरीले १ हजार ४९ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार