तपाईंको आजको राशिफल : आज मिति २०८२ साल फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुन २४, आईतवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनोबल उच्च रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोत बढाउनको लागि नयाँ विचारहरू उत्पन्न हुनेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा आत्मबल र धैर्य बढ्नेछ। कानुनी मामलाहरूमा सफलता मिल्नेछ। व्यक्तिगत जीवनमा चुनौती आउनेछ। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध रहनेछ। समाजमा तपाईँको कार्यको चर्चा हुनेछ। आय आर्जन राम्रो रहनेछ। व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सञ्चित धनमा वृद्धि हुनुका साथै नयाँ काम हात लागिपर्ला। कार्यक्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। व्यापार व्यवसायमा पहिला गरेका निर्णयहरूबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ। यात्रा गर्दा सामानको ध्यान राख्नुहोला। आर्थिक व्यवसायमा जानकारको सल्लाह लिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारको साथमा नयाँ स्थानमा भ्रमणका योग छन्। शत्रुपक्ष कमजोर भएपनि सक्रिय रहनेछन् त्यसर्थ सावधान रहनुहोला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नोकरी वा पेशामा निडर र आत्मविश्वासको साथमा आफूलाई प्रस्तुत गर्ने प्रयास गर्नुहोस। इष्टमित्रहरूको सहयोग मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सम्बन्धी समस्यालाई लिएर वेबास्था नगर्नुहोस्। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूलाई गुरुजनको राम्रो सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उद्योग व्यापारमा लाभ रहनेछ। घरपरिवारमा पुराना कुरा लिएर मनमुटाव रहन सक्छ। श्रमको उचित मूल्यांकन मिल्नेछ। नयाँ कार्य थालनी गर्ने समय रहेको छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापारीहरूलाई व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नुका साथै पद प्रतिष्ठामा वृद्धि हुनेछ। शेयर मार्केटबाट लाभ प्राप्तिको योग छ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार