तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

२०८२ फाल्गुन २५, सोमबार

काठमाडौँ : सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट ८२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

गएराति कमलामाई नगरपालिका-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा  प्र.१-०५-००१ प ९५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ८२ वर्षीया कौशिला माया गिरीको मृत्यु भएको हो। उनलाई आफ्नै पसल अगाडी बसिरहेको बेला तीव्र गतिमा आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी गिरीलाई उपचारको लागि बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेका हुन्। दुर्घटनापछि मोटरसाइकल चालक स्थानीय ४० वर्षीय बिदुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार