राष्ट्रिय लिग फुटबल : मनाङ मर्स्याङ्दी विजयी

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौँ : राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले चित्लाङ एफसीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मनाङले चित्लाङविरुद्ध २–० को जित निकालेको हो । खेलको ४९औँ मिनेटमा शैरभ तामाङको गोलमा मनाङले खेलमा अग्रता लियो । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुमित मल्लले गोल गर्दै मनाङलाई २–० को सहज जित दिलाए । यस प्रतियोगितामा मनाङको यो तेस्रो जित हो ।

लिगमा १० खेल खेलेको मनाङले १२ अङ्क जोडेको छ । यता चित्लाङको भने यो पाँचौँ हार हो । समान १० खेलबाट चित्लाङको सात अङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार