समानुपातिकतर्फकाे मतगणना अन्तिम चरणमा

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले जनाएअनुसार अहिले इलाम–१ र गोरखा–१ मतगणना पनि अन्तिम चरणमा पुगेको छ । जुन केही घण्टामै सकिने आयोगको भनाई छ ।

समानुपातिकतर्फ हालसम्म १ करोड ७ लाख ३२ हजार ९३२ मतको गणना सकिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी ५१ लाख ३६ हजार ६७४ मत पाएको छ । जुन कुल मतको ४७.८५ प्रतिशत हो ।

यसैगरी नेपाली कांग्रेसले १७ लाख ४८ हजार मत पाएको छ । जुन कुल मतको १६.२९ प्रतिशत हो ।

नेकपा (एमाले)ले कुल मतको १३.४९ प्रतिशत अर्थात् १४ लाख ४८ हजार मत पाएको छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार मत पाएको छ । जुन कुल मतको ७.४९ प्रतिशत हो ।

श्रम संस्कृतिले ३.५३ अर्थात् ३ लाख ७८ मत पाउँदा राप्रपाले ३.०७ प्रतिशत ३ लाख २९ हजार मत पाएको छ । अन्य दलले भने ३ प्रतिशत मत पाएका छैनन् ।

प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै सबैभन्दा बढी सिट जितेको छ । रास्वपाले १२५ सिट जित्दा नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८ (एक विवादितसहित), श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेको छ ।

म्याग्दीबाट महावीर पुन स्वतन्त्ररुपमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार