हारको नैतिक जिम्मेवारी सभापतिले लिनु पर्छ : जीतजंग बस्‍नेत

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले पार्टीभित्र गरिएको विशेष महाधिवेशनकै कारण कांग्रेसले पछिल्लो चुनावमा अपेक्षित परिणाम ल्याउन नसकेको बताएका छन्।

सिंहदरबारमा राष्ट्रियसभा सदस्यहरूसँग भएको अन्तरक्रियापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। बस्नेतका अनुसार पार्टीभित्र नियमित महाधिवेशन गर्ने विषयमा सहमति हुनुपर्नेमा विशेष महाधिवेशन बोलाइँदा आन्तरिक एकता कमजोर भएको दाबी गरे। उनले यस्तो प्रक्रिया मिलेमतोमा गरिएको भन्दै त्यसले पार्टीलाई विभाजित बनाएको आरोप लगाए।

उनले पार्टी सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने धारणा पनि व्यक्त गरे। बस्नेतले नेतृत्वले हारको जिम्मेवारी लिनु राजनीतिक संस्कारको हिस्सा भएको बताए। उनले थपे कि नेतृत्वले राजीनामा दिनुको सट्टा मिडियामा आफ्नो पक्ष बलियो बनाउने प्रयास गरिरहेको जस्तो देखिएको छ। बस्नेतले पार्टीभित्र एकता अभावका कारण चुनावी परिणाम कमजोर आएको उल्लेख गरे।

उनले विपक्षमा बसेर पनि सरकारका गलत कामहरूको आलोचना गर्दै संविधानलाई सही मार्गमा राख्न सकिने धारणा व्यक्त गरे। साथै उनले कांग्रेसले अब आन्तरिक एकता मजबुत बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार