आयल निगमले भोलिदेखि आधा सिलिण्डर ग्यास पठाउने

२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं : आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिण्डरको दरमा खाना पकाउने एलपी ग्यास बजार पठाउने भएको छ।

बजारमा ग्यास अभाव हुने देखिएपछि बिहीबार बसेको निगमको बैठकले यस्तो निर्णय गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि निगमले प्रतिसिलिण्डरमा ७.१ किलो एलपी ग्यास बिक्री हुने बताएको छ। उक्त परिमाणको ग्यासको मूल्य ९ सय ५५ रूपैयाँ तोकिएको छ।

बिहीबारदेखि नै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा एलपी (खाना पकाउने) ग्यास लिन जानेहरूको लामो लाइन देखिन थालेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार