दाराजद्वारा ‘द रियल सेल’ अभियानकोे घोषणा

२०८२ फाल्गुन ३०, शनिबार

काठमाडौं : नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘द रियल सेल’ अभियानकोे घोषणा गरेको छ ।

यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ । यस अभियान अवधिभर ग्राहकहरूले ६० प्रतिशत सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नुहुनेछ ।

अधिल्ला सेलहरुमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र ¥होटोका तर्फ बाट ४४ प्रतिशत सम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशत सम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ ।

ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दाराजको दूई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ । यस अन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।

छुटहरूभन्दा बाहिर, “द रियल सेल” को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नु भएको कम्पनीले बताएको छ ।

यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नुहुनेछ । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।

दराज नेपालको ‘द रियल सेल’ सम्बन्धी थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ, दराज नेपालको फेसबुक पेज वा दराज एप प्रयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार