रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव

२०८२ चैत्र २, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले विभिन्न समावेशी समूहअनुसार सूची तयार गरी आयोगमा बुझाएको जनाएको छ।

रास्वपाले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायका प्रतिनिधित्व सुनिश्चित गर्दै ५७ जनाको सूची पेस गरेको हो। समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन्। सूचीमा ४८ महिला र ९ पुरुषको नाम छ।

प्रत्यक्षतर्फ जित्नेमा पुरुषको संख्या बढी भएपछि संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिलाको उपस्थिति पुर्याउन रास्वपाले समानुपातिकमा बढी महिलालाई समेटेको हो।

खस आर्यबाट १६ महिला र एक पुरुष

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईँ

आदिवासी जनजातितर्फका १३ महिला र ३ पुरुष

बसुमाया तामाङ

गङ्गा छन्त्याल

सुन्नीमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट ६ महिला र ३ पुरुष

पुनमकुमारी अग्रवाल

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

दलितबाट ७ महिला १ पुरुष

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

प्रकाशचन्द्र परियार

थारुबाट २ महिला २ पुरुष

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मुस्लिमबाट ३ महिला

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार