प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

२०८२ चैत्र ५, बिहीबार

काठमाडौं : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिहीबार विज्ञप्ति जारी गरी २७५ जना सदस्य रहेको प्रतिनिधिसभामा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको बताएका हुन् ।

निर्वाचन आयोगले समावेशी विवरणअनुसार आदिवासी जनजाति समूहतर्फ २१.०९, खसआर्य समूहतर्फ ४९.०९, थारु समूहतर्फ ३.२७, दलित समूहतर्फ ६.१८, मधेशी समूहतर्फ १६.७३ र मुस्लिम समूहतर्फ ३.६४ प्रतिशत सदस्य निर्वाचित भएको जनाएको छ ।

यो निर्वाचनमा प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ वटा निर्वाचन चिह्नमा ६३ राजनीतिक दल सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार