रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौँ : प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा पराजित नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेकी छन्।

सार्वजनिक विवरण अनुसार उनले निर्वाचन अभियानमा कुल १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च भएको देखाइएको छ। स्थानीय तहको नेतृत्वबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएकी दाहाल उक्त क्षेत्रमा प्रतिस्पर्धी उम्मेदवारसँग मतान्तरले पछि परेकी थिइन्।

निर्वाचन परिणाम अनुसार सोविता गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गर्दै विजयी भएकी थिइन् भने दाहालले ३८ हजार ६ सय ६२ मतसहित दोस्रो स्थानमा सीमित हुनुपरेको थियो।

खर्च विवरणको तुलनामा भने दाहालको खर्च प्रतिस्पर्धीभन्दा बढी देखिएको छ। गौतमले सार्वजनिक गरेको विवरणअनुसार उनको निर्वाचन खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ रहेको उल्लेख छ। यस आधारमा दाहालको खर्च करिब पाँच लाख रुपैयाँले बढी रहेको देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार