होर्मुज क्षेत्रबाट एक नेपाली इरानको कब्जामा

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौँ : होर्मुज क्षेत्रबाट इरानले एक जना नेपालीलाई पक्राउ गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा हुन्। परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको जानकारी गराएका हुन्।

होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा उनी पनि परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार