काठमाडौँ : इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ।
यस क्रममा इरानले एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
गएराति इरानले इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको हो।
डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ।
आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
इजरायलको विदेश मन्त्रालय र स्वास्थ्य सेवाले घाइतेमा बालबालिका रहेको उल्लेख गरेका छन्।





