ट्रम्पको नियन्त्रण बाहिर जाँदै इरान युद्ध

२०८२ चैत्र ८, आईतवार

काठमाडौँ : इरानसँगको युद्ध तेस्रो हप्ता प्रवेश गरिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निक्कै ठूलो संकटको सामना गरिरहेका छन् । यस्तो देखिँदै छ कि युद्ध उनको नियन्त्रणबाट बाहिर जाँदै गरेको देखिन्छ। युद्धका कारण विश्वव्यापी ऊर्जा मूल्य बढिरहेका छन्, अमेरिका आफ्ना सहयोगीहरूबाट अलगिएको छ, र युद्ध छोटो हुने ट्रम्पको वाचा विपरीत थप अमेरिकन सैनिकहरू युद्धस्थलमा पठाउने तयारी भइरहेको छ।

रक्षात्मक अवस्थामा पुगेका ट्रम्पले होर्मुज जलडमरूको सुरक्षा गर्न सहयोग नगरेको भन्दै नेटोमा संलग्न देशहरूलाई ‘कायर’ भने। उनले युद्ध योजना अनुसार नै अघि बढिरहेको दाबी गरिहेका छन्। शुक्रबार ‘यो युद्ध सैन्य ढंगले जितिसकिएको’ पनि भनेका छन् । तर वास्तविकता फरक देखिन्छ—इरानले खाडी क्षेत्रको तेल र ग्यास आपूर्ति अवरुद्ध गर्दै क्षेत्रभरि मिसाइल आक्रमण गरिरहेको छ।

ट्रम्पले निर्वाचनको बेला ‘मूर्ख युद्धहरू’ बाट अमेरिकालाई टाढा राख्ने वाचा गरेका थिए । तर अहिले आफूले सुरु गर्न मद्दत गरेको युद्धको न त नतिजा नियन्त्रण गर्न सकेका छन्, न त राम्रो सन्देश नै दिन सकेका छन्। युद्धबाट कसरी पार पाउने भन्ने स्पष्ट रणनीति नहुँदा उनको राजनीतिक भविष्य र उनको दलको आगामी निर्वाचन सम्भावनामा जोखिम देखिएको छ।

पूर्व मध्यपूर्व वार्ताकार आरोन डेभिड मिलरले भने, ‘ट्रम्प आफैंले इरान युद्धको एउटा बक्स बनाएका छन्, र त्यसभित्रबाट कसरी निस्कने भन्ने थाहा पाउन सकेका छैनन्।’ तर व्हाइट हाउसका एक अधिकारीले यसलाई अस्वीकार गर्दै भने—इरानका धेरै शीर्ष नेताहरू मारिएका छन्, नौसेना डुबाइएको छ र मिसाइल क्षमतामा ठूलो क्षति पुगेको छ। ‘यो स्पष्ट सैनिक सफलता हो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार