कांग्रेस सभापति थापाको राजीनामा अस्वीकृत

२०८२ चैत्र ८, आईतवार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

चैत्र ६ देखि ८ सम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।सभापति थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। बैठकमा उपसभापति शर्माले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेस गरेका थिए।

केन्द्रीय कार्यसमितिको बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सभापतिको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार