आर्सनललाई हराउँदै सिटीले जित्यो लिग कपको उपाधि

२०८२ चैत्र ९, सोमबार

काठमाडौं : म्यान्चेस्टर सिटीले इंग्लिस फुटबल लिग (ईएफएल) कपको उपाधि जितेको छ ।

गएराति वेम्बले स्टेडियममा भएको फाइनलमा आर्सनललाई हराउँदै सिटीले उपाधि जितेको हो । सिटीले आर्सनलमाथि २-० को जित दर्ता गर्‍यो । दुवै गोल निको ओ’रिलीले गरे । उनले दोस्रो हाफको ६०औं र ६४औं मिनेटमा गोल गरेका थिए ।

योसँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओला ईएफएल कप पाँचपटक जित्ने पहिलो प्रशिक्षक समेत बनेका छन् । सिटीको भने यो नवौं उपाधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार