पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख धरौटी माग

२०८२ चैत्र ९, सोमबार

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यसँग विशेष अदालतले साढे २ लाख रुपैयाँ धरौटी माग गरेको छ।

सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा अनियमितता भएको आरोपमा ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये हालसम्म ४० जना अदालतमा उपस्थित भइसकेका छन् र उनीहरू धरौटीमा रिहा भएका छन्।

यस प्रकरणमा आचार्यसहित पाँच जना पूर्वमन्त्री संलग्न छन्। पूर्वअर्थमन्त्री रामशरण महत तथा पूर्वपर्यटन मन्त्रीहरू रामकुमार श्रेष्ठ, दीपक अमात्य र पोस्टबहादुर बोगटीविरुद्ध पनि मुद्दा दायर गरिएको छ। बोगटीको भने यसअघि नै निधन भइसकेको छ। अभियोगपत्रअनुसार २०७० पुस ११ गते मन्त्रिपरिषदले ‘प्रचलित कानुनअनुसार अधिकारप्राप्त निकायले निर्णय गर्ने विषयमा मन्त्रिपरिषदबाट थप निर्णय आवश्यक नपर्ने’ भन्ने निर्णय गरेको थियो।

सोही निर्णयलाई आफूअनुकूल व्याख्या गर्दै २०७० चैत २१ मा मन्त्रीको हैसियतमा आचार्यले विमानस्थलको ठेक्का स्वीकृति लगायत प्रक्रिया अघि बढाउन निर्देशन दिएको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार