तपाईंको आजको राशिफल : आज मिति २०८२ साल चैत्र १० गते मंगलवार

२०८२ चैत्र १०, मंगलवार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक ऊर्जाको साथमा दिनको शुरूआत हुनेछ। काममा नयाँ अवसर आउन सक्छ। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। सञ्चित रकम खर्च गर्नुपर्नाले आर्थिक पक्ष कमजोर देखिएको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। वैदेशिक क्षेत्रको काममा बाधा आउनेछ। पठनपाठनमा रुचि नभए पनि शैक्षिक क्षेत्र राम्रो रहनेछ। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभावले कामहरू बन्नेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। नेतृत्व क्षमता बढ्ने र काममा प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र सकारात्मक सोचको साथ दिनको शुरूआत गर्नुहोस्। स्वास्थ्य सबल रहनेछ तर खानपानमा ध्यान दिनुहोस्। साथीभाइहरूसँग समय बिताउँदा मन प्रसन्न हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। प्रियजनहरूसँग भेटघाट हुनेछ। नयाँ र रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। पेशागत समस्याहरूको समाधान हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धनलाभ र यश, कीर्तिमा वृद्धि हुनेछ। भावनात्मक रुपमा अलि कमजोर महसुस भएतापनि साथीभाइहरुबाट राम्रो सहयोग पाइनेछ। व्यापार वृद्धी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उद्योग र व्यवसायमा नयाँ योजनाहरू सफल हुनेछन्। महत्वकांक्षी योजनाहरू पूरा हुनाले मन प्रसन्न र सन्तुष्ट रहनेछ। धार्मिक मठमन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ अवसरहरू देखा पर्न सक्छन्। सहकर्मीहरूबाट सहयोग पाइनेछ। परिवारसँग सम्बन्धमा मधुरता छाउनेछ र घरमा खुसीको वातावरण बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको काम सम्पादन गर्न सकिनेछ। पठनपाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने अवसर मिल्नेछ। आफ्ना कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आवश्यक पर्दा शुभचिन्तकहरूको साथ पाइनेछ। सुखद यात्राको सम्भावना रहेको छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार