सामूहिक नेतृत्वको प्रयासले सफल भयौं : गृहमन्त्री

२०८२ चैत्र १२, बिहीबार

काठमाडौं : सामूहिक नेतृत्वअनुसार काम गर्दा सफल हुने गृहमन्त्री ओम प्रकाश अर्यालले बताएका छन् ।

मन्त्रालयबाट बिदा हुने क्रममा बुधवार आयोजना गरिएको कार्यक्रममा मन्तव्य राख्दै अर्यालले सामूहिक नेतृत्वको प्रयासबाट तोकिएका जिम्मेवारी पूरा गर्न मन्त्रालय सफल भएको बताएका हुन् ।

‘सामूहिक नेतृत्वको प्रयासबाट काम नभएको भए यति ठूलो सङ्कटबाट यत्तिकै बाहिर नसिक्न सक्दैन थियौँ,’ मन्त्री अर्यालले भने, ‘व्यवसायिकतालाई केन्द्रमा राखेर काम गर्दा कुनै पनि चुनौतीलाई सहज रूपमा सम्बोधन गर्न सकिने रहेछ भन्ने महसुस मैल गरेको छु ।’

हरेकले आफ्नो कार्यक्षमता र सिर्जनशीलता देखाएर काम गरेको भन्दै मन्त्रालयका सचिव, विभिन्न शाखा, महाशाखामा आबद्ध कर्मचारी, सचिवालयका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरुलाई उनले धन्यवाद दिए । कतिपय अवस्थामा सत्य एउटा हुने तर भास्य अर्को बन्दा मनोबल खस्कने हुँदा त्यस्ता गलत भास्यलाई चिरेर काम गर्नुपर्ने चुनौती रहेको पनि औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार