तपाईंको आजको राशिफल : आज मिति २०८२ साल चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४, शनिबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) करियरमा दबाव र प्रतिस्पर्धा बढ्नेछ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउँदा सोच विचार गरेर लगाउनुहोस्। प्रेम सम्बन्धमा सानो कुराले ठूलो विवाद हुनसक्छ सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमा राम्रो उपलब्धि प्राप्त गर्न सकिएला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लगनशीलताले विरोधीहरू परास्त हुनेछन्। आफ्नो कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। कृषि, भूमि र पशुधनबाट लाभ मिल्नेछ। स्वास्थ्य सबल रहनेछ आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। नोकरी वा पेशामा अनुकूल स्थिति र पदोन्नतिका योग छन्। मनमा परोपकार र सद्विचारको भावना जागृत हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समय लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। ठेक्कापट्टा वा शेयर आदिबाट प्रशस्त लाभ हुनेछ। नयाँ कार्यमा प्रवृत्त हुनुका साथै उद्योग धन्दामा लाभ रहनेछ। जीवनसाथीको सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। सन्तानको उन्नति र प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा उच्च पदासिनहरूको समर्थन पाइनेछ। फजुल खर्च बढ्नेछ त्यसर्थ आम्दनीलाई सन्तुलित राख्ने प्रयास गर्नुहोला। नयाँ कामप्रति आकर्षण बढ्ने र सम्बन्धमा सुधार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अथक परिश्रमले शरीरमा थकान र कमजोरीको महसुस हुन सक्छ। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा चलिरहेको कार्यालाई नै निरन्तरता दिनुहोस्। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत र राम्रो योजना बनाएर गुमाएको स्थान प्राप्त गर्ने समय रहेको छ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। नोकरी वा पेशामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उपलब्धिहीन काममा समय व्यतीत हुन सक्छ सचेत रहनुहोस्। आफन्तहरू मध्य कुनै कुरालाई लिएर असमझदारी देखा पर्ला। स्वास्थ्य कमजोर हुनाले कामलाई लिएर चिन्ता रहनेछ। राजनैतिक परिवेशमा सकारात्मक समय रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरीमा इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। लामो समयदेखि रोकिएको कार्य सम्पादन हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) हजुरले गरेको कारयबाट अरुले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मीय जनसँगको बिछोडले मन व्यतित रहन सक्छ। जग्गा जमिन आदिबाट लाभ मिल्नेछ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार