काठमाडौँ : नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ ।
हाल काठमाडौं–दिल्ली–काठमाडौं रुटमा RA 217/218 बाट दैनिक एउटा उडान भइरहेको अवस्थामा यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मिति २०८२ चैत्र १७ गतेबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा RA 205/206 बाट हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।
यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको छ ।










