पूर्व प्रधानमन्त्रीमध्ये म मात्रै संसदमा उपस्थित छु : प्रचण्ड

२०८२ चैत्र १७, मंगलवार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदको यस विशेष परिस्थितिलाई आफूले चुनौती र अवसर दुवैको रूपमा लिएको सुनाए।

‘बडो विशेष स्थिति पनि बन्यो। पूर्वप्रधानमन्त्रीहरूमध्ये म मात्रै अहिले वैधानिक रूपले प्रतिनिधि सभामा उपस्थित छु,’ संयोजक प्रचण्डले भने, ‘यो आफैंमा एउटा चुनौती पनि हो र अवसर पनि हो भन्ने मलाई लागेको छ।’ जनयुद्ध, जनआन्दोलन र शान्ति सम्झौताका उपलब्धिहरूको रक्षा तथा परिमार्जन गर्न यो उपस्थितिलाई भरपुर उपयोग गर्ने उनले सुनाए।

हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले कम सिट जिते पनि समग्रमा आफ्नै राजनीतिक एजेन्डा स्थापित भएको उनले दाबी गरे। निर्वाचनबाट जसले धेरै सिट जिते पनि वा जुनसुकै पार्टीबाट महिला र उत्पीडित समुदायका प्रतिनिधिहरू निर्वाचित भए पनि त्यो आफ्नै आन्दोलन र तपस्याको फल भएको उनले बताए।

‘जुन पार्टीले धेरै सिट वा थोरै सिट ल्याए पनि हामीलाई र आन्दोलनको एउटा प्रमुख नेताको हैसियतले मलाई गर्व लाग्छ,’ दाहालले भने, ‘ती हाम्रै बलिदान, हाम्रो त्याग र तपस्याको कारणले सम्भव भएको हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार